जेभियर र नाथमलाई उपाधि

काठमाडौं ।  जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सोमबार जेभियर पुरुष  तथा नाथम महिला तर्फ च्याम्पियन बनेको हो  ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९(५५ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे । जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो ।

दोस्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अगाडि थियो । पहिलो क्वाटरमा १८–१२को अग्रता लिएको जेभियर दोस्रोमा ८–१९ ले पछि पर्‍यो । तेस्रोमा २६–१० र चौथोमा २७–१४को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित गर्‍यो । उपाधिसँगै जेभियरले ५० हजार नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

महिलाको उपाधि भिडन्तमा झरना बज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउदै नयाँ च्याम्पियन बन्यो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

नाथमले पहिलोमा १३–०, दोस्रोमा ११–१, तेस्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन गर्‍यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।

पुरुषमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । २१ वैशाखदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गर्ल्सको राउन्ड रोविन लिगमा चार टिम सहभागी थिए ।

प्रतियोगिताको प्रायेजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स छन् । क्वेस्टका संस्थापक निर्देशक स्व। नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.