सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली

काठमाडौं ।  १३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।

चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डा र राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे । 

प्रतिनिधिसभा सदस्य तथा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तिम श्रद्धान्जल अर्पण गरे । 

यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धान्जली व्यक्त गरेका थिए ।

बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको गृहनगरतर्फ लगिने संघले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.