आगलागीबाट २० लाखको क्षति

सप्तरी । सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।

 मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए । 

गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.