डोटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

धनगढी ।  डोटीको पूर्वीचौकी गाउँपालिका- ४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तिमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.