सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउने

 

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउने भएको छ ।कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबमोजिम कांग्रेसले १४ औँ महाधिवेशनको तयारी, विधान संशोधन र अन्य नीतिगत तयारीका लागि कांग्रेसले बैठक बोलाउन लागेको हो । 

शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो। कतिपय विधानमा संशोधन गर्नुपर्ने कुराहरु र महाधिवेशनको नीतिगत एजेण्डा र प्रतिवेदनहरुको तयारीका विषयमा छलफल गर्नुपर्नेछ, त्यसका लागि अब चाँडै नै केन्द्रीय कार्यसमितिको बैठक बोलाइनेछ,’ सहमहामन्त्री डा. प्रकाशसरण महतले भने ।

बैठकमा महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका लगायत सबै समावेशी समूहको प्रतिनिधित्वको विषयमा उठेका माग सम्बोधन गर्ने विषयमा समेत लगभग सहमति जुटेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.