ओत लागेर भोट

मुगु ।  हिमाली जिल्ला मुगुमा वर्षा भएको छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेको छ ।

ओतका लागि पाल टाँगिएको छ । 

चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.