एमाले बैठक : दश समूहमा छलफल हुने

काठमाडौं । एमाले विधान महाधिवेशनमा प्रस्ताव पेश गर्ने गरि केन्द्रिय समितिको बैठक जारी रहेको छ । विहानबाट तुल्सी लाल स्मृति भवनमा जारी बैठकमा नेताहरु विभिन्न प्रस्तावमाथी छलफल गरिरहेका छन् ।

छलफललाई अझ प्रभावकारी बनाउन एमालेले दश वटा समूह बनाएर अघि बढेको छ । सात प्रदेश, उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरूको लागि गरि दशवटा समूहमा अहिले छलफल चलिरहेको छ ।

केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरि सकेपछि समूहगत छलफल शुरु भएको हो । महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रस्ताव पेस गरे । यस्तै बैठकमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।

समूहगत छलफलको निष्कर्ष सहित भोली विहान ११ बजे पुनः बैठक बसेर प्रस्ताव पारित गर्ने एमालेले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.