धादिङ । आज भएको स्थानिय तह निर्वाचनमा धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं-५ मा मतदाताहरुले निकै सास्ती खेप्नु परेको थियो । ४१०० भन्दा बढी मतदाता भएको सो वडामा मा एकमात्र मतदान केन्द्र भएका कारण मतदाताहरुले सास्ती खेप्नु परेको हो ।
सोही पालिका भित्र ११०० मतदाता भएका वडामा पनि छुट्टै केन्द्र हुँदा वडा नं- ५ मा भने त्यसको दोब्बर तेब्बर संख्या हुँदा समेत एकमात्र मतदान केन्द्र हुनु दलहरुको आफैमा एक अव्यवहारीक पक्ष देखिन्छ ।

यो सँगै यहाँ मतदानका लागि जम्मा चारवटा मतपेटीका मात्र राखिएको थियो जसमा पनि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था समेत थिएन । महिला र पुरुष एकै लाइनबाटमा मतदान गर्नुपर्ने भएकाले यहाँका स्थानियले निकै दुःख पाएका थिए ।
अपराहन्न ३ बजिसक्दा पनि यहाँ झन्डै आधा मत समेत खसिसकेको थिएन ।

त्यस्तै बिहान ५ बजेबाट सुरु भएको मतदानको लाइन साझ करिव ७ बजि सक्दा समेत सकिएकाे थिएन ।
सोही पालिकाका थोरै मतदाता भएका अन्य वडामा संख्या अनुसार मतदान केन्द्र राखिएको तर यस वडामा भने दलहरुले अव्यवहारीक ढंगले ठुलाे संख्या हुँदा पनि एकै मतदान केन्द्र राखेका छन् । यस्तो अव्यवस्थित मतदान प्रकियाले यहाँका नेतृत्वहरू माथि गम्भीर प्रश्न खडा गर्छ ।
