काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । अहिले साह ३५५२ मतले अगाडि छन् । उनको ७५३४ मत आउँदा एमालेका केशव स्थापित ३९८२ मतका साथ दोस्रोमा छन् ।
कांग्रेसकी सिर्जना सिंहको ३४८६ मत रहेको छ ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।