झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

झापा ।  झापामा हात्तीको आक्रमणबाट एक वृद्ध ज्यान गएको छ । हात्तिको आक्रमणबाट सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो । 

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तिको आक्रमणमा परेका थिए ।

आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.