कांग्रेस महाधिवेशन प्रभावित हुने आशंका : शेखर र गगन आक्रोशित

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४ औं महाविधेशन नेतृत्वले प्रभावित पार्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापाले महाधिवेशनको समयतालिका हेरफेर हुने चर्चा चलेसंगै समाजिक संजालमार्फत् असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता थापाले नेतृत्व विधि र विधानमा नचलेको, बेथितिको जिम्मा नलिएको, नेतृत्वले आदेश दिएकै भरमा चल्ने, बेहालमा पार्टी चलाइरहने कि बदल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने सोचौं ।’

त्यस्तै यता शेखर कोइरालाले आगामी महाधिवेशनबारे नेतृत्संग जवाफ मागेका छन । उनले पदाधिकारी र पूर्व पदाधिकारीहरुले महाधिवेशन नचाएको त होइन भन्दै उनीहरुको गतिविधिप्रति प्रश्न गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत् नेता कोइरालाले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडाअधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुको बारणबारे स्पष्ट नभएको
बताएका छन् ।

सँगैको जिल्लामा महाधिवेशन गर्ने तर छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ भन्दै उनले नेतृत्वmलाई प्रश्न गरेका छन् । उनले अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पाएको सुन्नमा आएको भन्दै महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो भन्दै आक्रोस पोखेका छन् ।


उनले लेखेका छन्, ‘पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको कतै पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन। आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ । क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरु हुन सकेन। क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने यसको जवाफ चाहियो।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.