सप्तरी । सप्तरी जिल्लाको एउटा नगरपालिका र एउटा गाउँपालिकामा डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले विजयी हासिल गरेकाे छ।
हनुमाननगर कंकालनी नगरपालिकाका बिरेन्द्र माझी र बलान-बिहुल गाउँपालिकामा खेमचन्द्र यादवले जनमत पार्टीबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
हनुमाननगर कंकालनी नगरपालिकामा सो पार्टीबाट प्रमुख पदका उम्मेदवार माझीले ६ हजार ४०७ मत ल्याई जसपा नेपालका उम्मेदवार शैलेश कुमार साहलाई पराजित गरेका हुन् । साहले कुल १९ हजार ३२४ मत मध्ये ६ हजार २४६ मत ल्याएका थिए । जनमतका माझीले १ सय ६१ मत अन्तरले बिजयी भएका हुन्।
नगरपालिकाको उपप्रमुख पदमा भने जनता समाजवादी पार्टीका सरिता देवी यादव सिपालियाले ६ हजार ५१२ मत ल्याई जनमतबाट उम्मेदवार रहेकी रेखा देवि मन्डललाई पराजित गरेकी छन् । मण्डलले ५ हजार ९८२ मत ल्याएकी थिइन् ।
यता बलान-बिहुल गाउँपालिकामा जनमत पार्टीका खेमचन्द्र यादवले १८ सय ५३ मत ल्याई गाउँपालिका अध्यक्षमा बिजयी हासिल गरेका छ्न्। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार अरुण कुमार गोइत (मुखिया जि) ले १८ सय ३२ मत ल्याएका थिए ।
गाउँपालिकाको उपाध्यक्ष पदमा जनमत पार्टीकै रेणु यादवले १ हजार ६०६ मत ल्याई एमालेकी रिता कुमारी यादवलाई पराजित गरिन् । एमालेकी यादवले १५ सय ८४ मत ल्याएकी थिइन्।