न्युयोर्क । परराष्ट्रमन्त्री डा.नारायण खड्काले कुवेताका विदेशीमनत्री डा.अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग भेटवार्ता गरेका छन् । सयुक्त राष्ट्रसंघको ७६ औं महासभाका लागि भाग लिन अमेरिकाको न्युयोर्क पुगेका खड्का र जाबेर अलसवाहबीच द्विपपक्षीय भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा उनीहरुबीच नपाल कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, लागानी प्रवद्रधनलगायतका विषयमा छलफल भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले बताएको छ ।
आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग पनि भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।
मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।