काठमाडौं । नेपाल सरकारले राजदूत फिर्ता बोलाउने निर्णयका कारण भूपू गोर्खा वार्ता अन्योलमा परेको छ ।
समान पेन्सनलगायत माग राख्दै आन्दोलन जारी राखेका भूपु सैनिकहरुको मागमा राजदूत रेग्मीको पहलमा नेपाल सरकार र बेलायत सरकारबीच वार्ताको प्रक्रिया अघि बढिरहेका बेला सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेसँगै वार्ता अन्योलमा परेको हो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खाको मुद्दाको टुंगो नलागुञ्जेल राजदूत रेग्मीलाई फिर्ता नगर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।
आउँदो डिसेम्बर १४ मा वार्ताका लागि वार्ता मिति तय भइसकेको थियो । बेलायतमा भूपु गोर्खा सैनिकले विभिन्न माग राख्दै आमरण अनसन गर्दै आएका छन् ।