काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज दोस्रो पनि बस्दैछ । एमाले बैठकमा आज (शनिबार) अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलद्वारा पेस विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदै छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान मस्यौदा प्रस्तावमाथि छलफल हुने कार्यतालिका छ ।
शक्रबारको बैठकमा १० बुँदे सहमति लागु नभएको भन्दै माधव नेपाल समूह छाडेका नेताहरुले बैठक बहिस्कार गर्ने भनेर चलाइएको थियो । तर,सो हल्ला गलत भएको एमाले नेता केन्द्रीय सदस्य झपट रावलले बताएका छन् ।
शुक्रबारको बैठकमा उपाध्यक्ष भीम रावलसहित झपट रावल र भानुभक्त जोशीले शुक्रवार केन्द्रीय कमिटी बैठक सुरु हुनासाथ सुदूरपश्चिममा १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै जवाफ मागेका थिए ।