रुपन्देही । नेपालको कांग्रेसको लुम्बिनी प्रदेशका ९ जिल्लामा आजदेखि गाउँनगर अधिवेशन शरु भएको छ । १२ जिल्ला रहेको लुम्बिनीमा आजदेखि गाउँनगरको अधिवेशन शुरु भएको हो ।
प्रदेशका बाँके र गुल्मीमा भने पार्टीमा दखिएको विवादका कारण हुन नसकेको बताइएको छ । त्यस्तै,कपिलवस्तुमा पनि वडा अधिवेशन हुनसक्दा पालिका अधिवेशन रोकिएको छ ।
लुम्बिनीम कांग्रेसको नगर अधिवेशनका लागि सभापति देउवा पक्ष र पौडेल पक्षको प्रतिस्प्रर्धा हुने देखिएको छ । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो । दुवै समूहका प्रभावशाली नेता आफ्नो समूहका नेतालाई पालिका सभापति जिताउन लागिपरेका छन् ।