हरित सुरक्षित र दिगो विश्व विकासका लागि साझेदारी अपरिहार्य : प्रधामन्त्री देउवा

काठमाडौं। नेपालले हरित सुरक्षित र दिगो विश्व विकासका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीनतम् साझेदारीतामा जोड दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चस्तरीय उर्जा संवादलाई संवोधन गर्दै विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज वातवरण बनाउनुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री देउवाले दिगो विकासका लक्ष्य हासिल गर्न उर्जा अतिमहत्वपूर्ण भएको बताएका छन् । उनले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको हो ।

दिगो विकाशको सातौ लक्ष्या प्राप्तिमा मिश्रित एवं असमान ढंगले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै देउवाले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड १९ को महामारीले थप चुनौती थपिएको बताए।

प्रधानमन्त्री देउवाले अपार जलस्रोत  र अन्या नवीकरणीय उर्जाको उपयोग गर्दै जदजायु परिवर्तन प्रतिरोधी विकासको बाटोमा अग्रसर हुने बताउँदै देउवाले वायु प्रदुषण शून्यमा झार्ने भनी प्रतिबद्धता जनाए ।

जलवायु परिवर्तनका असरविरुद्ध लड्न , गरिबी घटाउन , लैङ्गिक समानता कायम गर्न खाध सुरक्षा , स्वास्थ्य ,शिक्षालगायतका विषयमा दिगो विकासको लक्ष्य हासिल गर्न उर्जाको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री देउवाले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.