काठमाडौं। नेपाली कांग्रेस काभ्रेको आज हुने पालिका अधिवेशनहरु प्रभावित बनेका छन्। अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविहीन भएपछि अधिवेशन अन्यौलमा परेको हो ।
काभ्रे कांग्रेसका सभापति मधु आर्चाले निर्वाचन अधिकृत जानकारी विना सम्पर्कविहीन भएकाले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जानकारी दिए । कांग्रेसको कार्यतालिकाअनुसार काभ्रेका १३ वटा पालिकामा शनिबार अधिवेशन हुनुपर्ने थियो ।