काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पालिका अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बझनै बलियो बनाउने उर्जा मिलेको बताएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक संजाल फेसबुकमार्फत यस्तो मिलेको बताएका हुन्।
पालिका अधिवेशनको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले अधिवेशनमा देखिएको उत्साहले कांग्रेलाई झनै बलियो बनाउने उर्जा मिलेको भन्दै दउवाले कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्डको पालना गर्दै अधिवेशनमा सहभागि जनाउन कार्यकर्ताहरुलाई सुझाव दिएका छन।
देउवाले साजिक संजालमा भनेका छन, ‘तपाईंरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु।’कांग्रेसको १४ औं महाविधेशन अन्र्तगत आज अधिकांश जिल्लामा पालिका अधिवेशन हँदै छ ।