नेकपा एमाले केन्द्रीय समितिको बैठक भएन अझै सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु हुन ढिलाइ हुने भएको छ।

शुक्रबार विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा पेस भएको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल जारी र अध्यक्षलगायत शीर्षस्थ नेता अनपस्थितका कारण बैठक सुरु हुन ढिला भएको हो । 

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्कमञ्च गरी १० वटा समूह बनाइएको छ।

बैठकस्थल ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा समूहगत छलफल जारी छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् ।

एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.