काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने बताएका छन् । थापाले आज सामाजिक संजालमार्फत् यस्तो बताएका हुन् ।
पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने बताउँदै उनले भएकाले उक्त नेतृत्वबाट मात्र केन्द्रीय नेतृत्व दरिलो हुने बताए ।
पालिका अधिवेशनबाट स्थानीय तहको विकास, संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व चयन हुने उनले विश्वास व्यक्त गरेका छन् ।
नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् । ‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ,’ थापाले भनेका छन् ।
देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासँगको पहिलो संवाद केन्द्रविन्दु रहेकोसमेत उल्लेख गरेका छन् । आज ६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।