काठमाडौं । एमाले केन्द्रीय कमिटीकौ बैठक औपचारिक रुपमा शुरु भएको छ । हिजोबाट काठमाडौंमा जारी बैठकमा अध्यक्ष,महासचिवलगायतले पेस गरेको प्रस्तावमा छलफलपछि बैठक सुरु भएको हो । एमाले विधान महाधिवेशनमा अध्यक्ष ओली,महासचिव पोखरेल र विष्णु पौडेलद्वारा पेस गरिएका दस्तावेजमाथि १० वटा समूह बनाएर छलफल भएको छ ।
हिजो स्थगीत भएको बैठक आज ११ बजेबाट बस्ने भनिएता पनि अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण भर्खरै औपचारिक रुपमा बैठक शुरु भएको छ । सात प्रदेश, विभाग, विशेष कमिटी र जनसंगठन गरि १० वटा समूह टोली नेता सहित छलफलमा रहेका थिए ।
एमालेका १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा छुट्टाएर छलफल गराइएको छ । छलफलबाट आएका गुनासा तथा सुभाmवहरुलाई टोली नेताले राख्नेछन् । त्यसको उत्तर अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमूख विष्णु पौडेलले दिनेछनु ।
प्रदेश १ का हिक्मत कार्की, प्रदेश २ का रामचन्द्र मण्डल, बागमतीका आनन्द पोखरेल, गण्डकीका जगत विश्वकर्मा र लुम्बिनीका दलवहादुर राना, कर्णालीका यमलाल कडेल, सुदूरपश्चिमका कर्ण थापा, उपत्यका विशेषका माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुका खिमलाल भट्टराईले समूहको गुनासा तथा प्रश्न राख्नेछन् ।