काठमाडौं। तेह्रथुमका सबै पालिकामा सर्वसम्मत नेपाली कांग्रेसको नेतृत्व चयन भएको छ । आज हुने पालिका अधिवेशनको निर्वाचन अघि नै जिल्ला तहका नेताहरुको सहमति जुटेको हो ।
जसअनुसार छ थर गाउँपालिकामा रामचन्द्र भट्टराई, लालीगुराँस नगरपालिकामा अमर गुरुङ, म्याङलुङ नगरपालिकामा इन्द्रराज तुम्बाहाम्फ्, मेन्छ्यायेम गाउँपालिकामा तारकबहादुर सम्बाहाम्फे, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो र आठराई गाउँपालिकामा दिलकुमार पाहिम सभापति बन्ने भएको हो ।
पदाधिकारी र सदस्यमा पनि सहमति जुटेको तेह्रथुम कांग्रेस कार्यलयले जानकारी दिएको छ ।यसअघि जिल्लाका सबै वडामा समेत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।