काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलकै कारण मन्त्रिपरिष्ले पूर्णता पाउन नसकेको बताएका छन्। आज काठमाडौँमा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड गरेका छन् ।
नेता सिंहले भने , २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुपर्ने त्यो हुन सकेको छैन्। गठबन्धनका दलहरुकै कारण नयाँ सरकार गठन भएको हो , तर त्यसले पूर्णता पाउन सकेको छैन ।त्यस्तै नेता सिंहले राजनीति भेनको सेवाको क्षेत्र हो मेवा खाने क्षेत्र होइन भन्दै अव पुराना नेताहरुलाई सम्मानजनक नेतृत्वबाट विदाई गर्दै कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए ।
राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइ सकेपछि नेतालाई बारम्बार पदमा पुर्याउने काम गर्न नहुने उनको भनाई थियो । कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको पनि सिंहले आरोप लागएका छन् ।‘कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको छ। तर, पार्टीले त्यता ध्यान दिएको छैन। आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।