काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले उम्मेदवारी दिने घोषना गरेको बताए ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।
उनले १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने बताएका छन् ।नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको उल्लेख गरेका छन् ।