महेश बस्नेतलाई 'टोलेकेटो' भनेपछि युवासंघको आक्रोश

काठमाडौं । भक्तपुरका लोकप्रिय नेता तथा युवासंघका इन्चार्ज महेश बस्नेतलाई माओवादीका एक कार्यकर्ताले टोलेकेटोको संज्ञा दिएका छन् । माओवादीका कार्यकर्ता जनक बर्तौलाले नेता महेश बस्नेतलाई टोले केटोको संज्ञा दिएका हुन् ।

उनले नेता बस्नेतलाई टोले केटाको संज्ञा दिएपछि राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरुले उनलाई भाषा शिष्टाचारको आचरण सिक्न चेतावनी दिएका छन् । आफूभन्दा ठूला नेतालाई कसरी सम्बोधन गर्ने युवासंघले सिकाउन नपारोस् भन्दै महेश बर्तौलालाई युवासंघ नेपाल स्थायी कमिटी सदस्य बाबु छत्कुलीले ज्यान लिनेसमेतको धम्की दिएका छन् ।

पदाधिकारीदेखि सचिवालय सदस्यसमेतले बर्तौलालाई धम्कीपूर्ण भाषासहितको स्टाटस सेयर गरेका छन् ।

यूवा संघ नेपाल स्थायी कमिटी सदस्य बाबु छत्कुलीले लखेका शब्द जस्ताको तस्तै:

हाम्रो गौरबशाली पार्टी नेकपा एमालेका युवा नेता एबम सांसद माननीय महेश बस्नेतलाई आफु चर्चामा आउनका निम्ती एउटा टोले केटोको स्तरले अराजनैतीक भाषा प्रयोग गरेर चेतावनी दिने कुचेष्टा गरेछन् मलाई त्यस्ता अराजनैतीक तबरको टिप्पणी देखेर बर्तौला जी प्रती दया का साथ माया लागेर आयो।

मिस्टर बर्तौला ? लाखौं युवाहरुको आशा र भरोषाका केन्द्र, प्रगतिशिल आन्दोलनका अथक योद्धा, आदर्णीय महेश बस्नेतको होइन यदी तिम्रो यस्तै अनआवश्यक रबैया जारी राख्ने हो भने तिमी मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमेन सामेन हुन म राष्ट्रिय युवा संघको एक सदस्यको तर्फ बाट चुनौती दिन चाहन्छु ? राष्ट्रिय युवा संघको एउटा सदस्य मात्रै तिम्रो अराजनैतीक र स्तरहिन भनाइ लाई गलत साबित गर्न र तिमीलाई तह लगाउन काफी छ, आफ्नो स्तर भुल्ने कुचेष्टा नगर ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.