काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।
शनिबार हेटौँडामा आयोजित शपथ ग्रहण कार्यक्रममा बोल्दै समाजवादीका अध्यक्ष नेपालले केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।
ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाउँदै नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गरे ।