काठमाडौं । सबैको सर्वप्रिय खाजा हो मःम । व्यापारका लागि तिब्बत जाने नेवारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो ।
अहिले मःम सबैको सर्वप्रिय खाजाको रुपमा बनेको छ । मःमका परिकार फरक–फरक हुन्छन् । अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीर लगायतका धेरै स्वादका मःम पाइन्छन् ।
विशाल मःम, बानेश्वर
काठमाडौंमा एकदमै रुचाएकाे मःम पाइने ठाउँ मध्ये विशाल मःम एक हो । यहाँको स्वादिष्ट मःम र चारवटा भेराइटीको अचार टेस्ट गर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । स्वादिलो मःम त्यसमा पनि चिकेन, बफ, पनिर र खुवा सहितका भेराइटीले पनि धेरैको मन जितेको छ ।
३२ वर्षअघिदेखि सञ्चालनमा रहेको यहाँ चिकेन मःम १५० रुपैयाँ, बफ मःम १२० रुपैयाँ, पनिर भेज मःम १०० रुपैयाँ र खुवा मःम १३० रुपैयाँमा पाइन्छ ।
विशाल मःममा पाइने चारवटा मःमको भेराइटीमा पनि स्टिम, फ्राइ र सी गरी तीन प्रकारको मःम टेस्ट पाइन्छ । विशाल मःमको कालीमाटीमा पनि अर्को ब्रान्च समेत छ ।
शानदार मःम, शंखमूल
ग्राहकहरूको रोजाइमा पर्ने अर्को लोकप्रिय शानदार मःम पनि हो । १८ वर्षअघि स्थापना भएको शानदार लगातार ग्राहकहरूको मन जित्न सफल छ ।
भेज, चिकेन, बफ र पनिर गरी चार प्रकारको मःम यहाँ पाइन्छ । यी चार प्रकारको मःममा पनि धेरै भेराइटी पाइन्छ ।
यसका बानेश्वर, चाबहिल, पेप्सीकोला, इमाडोल, सानागाउँ गरी ६ वटा शाखा रहेका छन् ।
शानदारमा स्टिम बफ मःम १३० रुपैयाँ, भेज मःम १२० रुपैयाँ, चिकेन मःम १५० रुपैयाँ र पनिर मःम १५० रुपैयाँ पर्छ ।
शिखर मःम, कोटेश्वर
करिब २२ वर्षदेखि सञ्चालनमा आएको कोटेश्वरको शिखर मःम पनि ग्राहकहरूको रोजाइमा पर्छ । यहाँको मःमको आकार ठूलो हुने भएकाले एकै प्लेटले भोक मेट्ने उद्देश्यले ग्राहकहरू त्यहाँ पुग्छन् ।
यहाँ बफ स्टिम मःम मात्र पाइन्छ जसको मूल्य ११० रुपैयाँ रहेको छ ।
मःम म्याजिक
आजभन्दा २१ वर्षअघि खुलेको मःम म्याजिकमहाराजगञ्ज त्रिवि शिक्षण अस्पताल नजिकै रहेको म्याजिक मःम काठमाडौंको लोकप्रिय मःम सेन्टर हो ।
यहाँ म्याजिकमा भेज, बफ र चिकेन गरी तीन प्रकारका मःम पाइन्छ ।
मःम म्याजिकमा चिकेन मःमको १९० रुपैयाँ, पनिर मःम १७० रुपैयाँ, बफ मःम १५० रुपैयाँ र भेज मःम १४० रुपैयाँ पर्छ ।
एभरेस्ट मःम
नक्सालमा रहेको एभरेस्ट मःम सेन्टर पनि काठमाडौंको लोकप्रिय मःम पाइने ठाउँ मध्ये एक हाे । यो ३२ वर्षअघिदेखि सञ्चालनमा रहेको छ ।
३२ वर्षअघिदेखि सञ्चालनमा रहेको यहाँ मःम खान मानिस भीड लाग्ने गर्छन् । यहाँ एक प्लेट मःमको मूल्य १५० रुपैयाँबाट सुरु छ ।