मन्त्रिरपरिषद्ले चाँडै पूर्णता पाउने अध्यक्ष नेपालको स्पष्टोक्ति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भ भरिएकाले विद्रोह गर्नुपरेको बताएका छन् । 

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता नेपालले सो बताएका हुन् । सो क्रममा चाँडै मन्त्रिपरिषदले पूर्णता पाउने बताए । ‘केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदल हुन्छ ।’

अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.