प्रचण्डपथ छाडेपछि माओवादी विघटन सुरु भएको अर्थमन्त्री शर्माको स्पष्टोक्ति

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले माओवादीले प्रचण्डपथ छाडेपछि पार्टीमा विघटन शुरु भएको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै नेता शर्माले सो बताएका हुुन् । सो क्रममा उनले केपी शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूले बुझेको बताए।

‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भने, ‘गुटबन्दी शुरु भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

प्रचण्डपथ नाम मात्रै नभएर भावनासँग जोडिएको बताउँदै शर्मालेआफूहरुले जनयुद्धका बेलामा विचार केन्द्रित भएर प्रचण्डपथ निर्माण गरेको बताए । शर्माले थपे, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भवना, पछाडि परेका सबैको भावना जोडेर सामान्तवादका विरुद्ध प्रष्टरुपमा प्रहार गरेका थियौं ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.