एमाले बैठकमा आज अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको बैठक आज पनि बस्दैछ । तीनदेखि जारी नेकपा एमालेको बैठकमा आज अध्यक्ष केपी ओली र महासचिव ईश्वर पाखरेलले जवाफ दिने विषय रहेको छ । एमालले विधानसभाका लागि तीन वटा मस्यौदा तयार पारी छलफल गरिरहेको थियो ।

छलफललाई मूर्तरुप दिन प्रादेशिक रुपमा र अन्य विभाग तथा विशेष कमिटी समेत गरि १० वटा समूह र र समूहका टोली नेता सहित छलफल गरेको थियो ।

समूहगत रुपमा टोली नेताबाट आएका प्रश्न र गुनासाहरुलाई अध्यक्ष, महासचिव र संगठन विभाग प्रमूखले उत्तर दिने व्यवस्था एमालेले गरेको हो । सोही व्यवस्था अनुसार आज अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.