जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेको प्यानल निर्विरोध

अर्घाखाँची ।  जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय  गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता  जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले  नेतृ  लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् ।  छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू  पाणिनी(७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र  सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ  टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा(१०,सीता आचार्य, मालारानी(१ चयन भएका छन् ।  दलितरअल्पसंख्यक सदस्य पदमा मिना बि।सी। परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो  ।

 
समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको  आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ । 
कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय  गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.