सर्खेत । कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत दैलेख जिल्लाको ११ स्थानीय तहमध्ये ५वटा पालिकाको निर्वाचन परिणाम सार्वजकि भएको छ ।दैलेख जिल्लाको नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् । त्यस्तै उता चामुण्डाविनद्राशैनीमा जगतबहादुर शाहीले निर्वाचन आफ्नो पोल्टामा पार्न सफल भएका छन् । पौडेल समूहका जोगी शाहीलाई उनले पराजित गरेका हुन् ।
त्यस्तै दुल्लु नगरपालिकाम देउवा समूहका लालबहादुर रावत सभापति बनेका छन् ।यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।
यता डुंगेश्वर गाउंपालिकामा देउवा पक्षका भीमबहादुर भट्ट सभापतिमा विजयी भएका छन् । उनले पौडेल समूहका गंगबहादुर खत्रीलाई पराजित गरेका हुन् । दैलेखको अन्य स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आवस्यक पहल भइरहेको बुझिएको छ ।