काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक (फोटोफिचर)

काठमाडौं । काठमाडौंको माइतीघरमा चौथो 'नेपाल गौरव यात्रा' मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ ।

२०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो ।

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लान्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक ¥याली हो ।

नेपालमा गौरव यात्रा
नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।

स्टोनवाल विद्रोहको ५०औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो सनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।

285638460_3280864358810103_8805155432666390764_n.jpg.jpg

286030470_1417485078690834_6863493616764722309_n.jpg.jpg

286018235_1334207907067866_7020974803226058391_n.jpg.jpg

286132290_712111293398115_387329981373825465_n.jpg.jpg

286167321_749190039549437_7471953995925080225_n.jpg.jpg

286079479_750563876115876_1155863696548584907_n.jpg.jpg

286372340_364085568954960_8542504144215737902_n.jpg.jpg

286908685_4899248983531778_8626589886884360982_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.