काठमाडौँ। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लाको स्थानिय तहमा पालिका अधिवेशन शुरु भएको छ । वडा अधिेशन सम्पन्न भएका ६४ जिल्लामध्ये ५४ जिल्लामा शनिबारबाट पालिका अधिवेशन सुरु भएको निर्वाचन कार्यलयले जनाएको हो ।
निर्वाचन कार्यलयका अनुसार बाँकी दश जिल्लामा विभिन्न कारण देखाएर अधिवेशन हुन सकेको छैन। कांग्रेसले यसअघिनै ६४ जिल्लाको वडा अधिवेशन सम्मपन्न गरेको थियो भने १३ जिल्लाको अहिलेसम्म क्रियाशील सदस्यता विवरण नै सार्वजनिक गर्न सकेको छैन । त्यसकारण १३ जिल्लाको महाधिवेशन कहिले हुन्छ भन्ने अन्यौल छ ।
यता ६४ जिल्लाको पालिका महाधिवेशन एकपटक गर्ने निर्णय भएको भएपनि हुन सकेन । विभिन्न विवादका कारण बाँकी दश जिल्लामा पालिका अधिवेशन अन्यौल बनेको छ ।
पालिका अधिवेशन सुरु नभएका १० जिल्लामा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मुगु, नवलपुर, संखुवासभा, कपिलवस्तु, डडेल्धुरा, मोरङ र झापा रहेका छन् ।
बाँकी अन्य जिल्लाको पालिका अधिवेशन धमाधम भइरहेको छ । कतिपय ठाउँमा उम्मेदवाको मत परिणाम सार्वजनिक भइसकेको छ भने कतिपय ठाउँको उम्मेदवाको मत परिणाम आउन बाँकीनै रहेको छ ।