कांग्रेस महाधिवेशन : डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न


डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा संस्थापन इतर समूहले बहिस्कार गर्दै आए पन शनिवारै निर्वाचन समितिले ७ वटै नगर अधिवेशन सम्पन्न गरेको हो।

अधिवेशनको परिणाम अनुसार परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिका सभापतिमा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिका सभापतिमा भोजराज भट्ट निर्वाचित भएका छन् ।उता भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.