बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् ।मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।

बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.