काठमाडौं । नकपा एमालेको केन्द्रिय कमिटी बैठक तीन देखि जारी छ । सो बैठकलाई केही समय स्थगन गरेर यतिखेर स्थायी कमिटी बैठक बसिरहेको छ । नेकपा एमालेले विधानसभा पेश गर्न प्रस्ताव तयार पार्ने योजना सहित छुट्टाछुट्टै दस्तावेज माथी छलफल चलाइरहेको थियो ।
विभिन्न १० वटा समूह निर्माण गर्न टोली नेताको समन्वयमा छलफल गराएपछि सुझाव र प्रशनहरु संकलन गरेको थियो । सोही सुझावहरु र उपाध्यक्ष भिम रावलले सुदूरपश्चिममा १० बुँदे कार्यन्वयनको सम्बन्धमा उठाएका विषयहरु माथी छलफल गर्न स्थायी कमिटी बैठक चलिरहेको छ ।
बैठकले नेता रावलको विषयलाई टुंगो लगाउने बताइएको छ । यस्तै केन्द्रिय कमिटीको बैठकमा उठेका सवालहरुको विषयमा पनि स्थायी कमिटीले टुंगो लगाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।