काठमाडौँ। कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत गोरखाका ११ वटै पालिकामा निर्वाचित सभापतिको मत परिणाम सार्वजनिक भएको छ।शविबारबाट शुरु भएको पालिका अधिवेशनमा गोरखा नगरपालिकाको सभापतिमा चन्दबाबु खत्री विजयी भएका छन् ।
त्यस्तै पालुङटार नगरपालिकाको सभापतिमा विमल ढकाल निर्वाचिन भएका हुन्। गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना चयन भएका छन् भने उता धार्चे गाउँपालिका सभापतिमा सन्तबहादुर गुरुङ सर्वसहमत चयन भएका छन् ।
त्यस्तै शहीद लखन थापा गाउँपालिकाको सभापतिमा काशीनाथ अंगाई र आजिरकोट गाँउपालिकाको सभापतिमा जंगबहादुर गुरुङ निर्वाचित भएका छन् ।उता चमनुव्री गाउँपालकिाको सभापतिमा सूर्य गुरुङ निर्वाचित भएका छन भने उता सुलिकोट गाउँपालिकामा जितबहादुर घले निर्वाचित भएको छन ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन्। यता सिरान्चोक गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ चिर्वाचित भएका छन् ।