सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन ।  सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

 इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । 

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.