कांग्रेस महाधिवेशन : तलुलसीपुर नगरसभापतिमा सुरेश हमाल विजयी


काठमाडौँ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत तलुलसीपुर नगरसभापतिमा सुरेश हमाल विजयी भएका छन। हमालले ३६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरे ।

त्यस्तै उपसभापतिमा विनिल केसी विजयी भएका छन्। उनले ३५९ मत र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानकारी दिएका छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.