एमाले प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ: गोकर्ण विष्ट

काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको राजनीतिमा एमाले प्रकाशको ताप भएको बताएका छन् । आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको भेलालाई संवोधन गर्दै सचिव विष्टले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा नेकपा एमाले जंगलको अग्लो रुख भएको भन्दै सानातिना अवरोधले कुनै असर नपार्ने बताएका छन् ।

विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बताए । विष्टले कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि उल्लेख गरे ।

विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए ।

माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको आरोप थियो।



© 2021 Quicknepal.com  |  All Rights Reserved.