काठमाडौं । केही दिन अघि नेता माधव कुमार नेपालले आगामी निर्वाचन पछि एमाले पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए । सोही कुरालाई कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ फर्काएका छन् ।
मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो, त्यस्तो बकम्फुसे कुराको कुनै अर्थ छैन, ओलीले भने ।
अध्यक्ष ओलीले टर्च बालेर एमाले खोज्ने कुरा मच्छरले हात्ति खाएजस्तै हो भनेका छन् । एमाले बैठकमा उठेको प्रश्नको जवाफ दिने क्रममा एमाले शानदारका चुनावमा जाने दिन आउने भन्दै सबैलाई तयारीमा लाग्न निर्देशन गरे ।
काम नगरेका पार्टीहरु, दलहरु, चोइटिएका मान्छेहरुको त फुर्ति ठूलो छ । हामी त काम गरेका मान्छौं । विकास गरेको पार्टी हो, हामी सशक्त रुपमा निर्वाचनमा जानुपर्छ, ओलीले भनेका छन् ।
हामीबाट छुट्टिएर गएका साना साना केटाकेटीको हुलमा बसेका एकजना मान्छेले के भन्यो तिर हामी लाग्न नपर्ने भन्दै ओलीले आफुना नेताहरुलाई निर्देशन दिए ।