काठमाडौं । आईतवार बसेको गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई तत्काल निश्क्रिय पार्न े सहमति कायम गरेको छ ।
सत्ता गठबन्धनले प्रधानमन्त्री शेर बहादुर देउवालाई अध्यादेश निश्क्रिय बनाउन आग्रह गरेपछि त्यसको लागी ठोस पहल खोज्ने गरि सहमति जुटेको हो ।
दल विभाजन सम्बन्धि अध्यादेशकै कारण मन्त्री परिषद् विस्तारमा ढिलाई भइरहेको बताउँदै आएका गठबन्धनले अब भने सरकार विस्तारको तयारी थालेको छ ।
मन्त्री परिषद् अघि अध्यादेश निश्क्रि पार्ने र त्यस लगतै सरकार विस्तार गर्ने सहमति भएको बैठकमा उपस्थित एक नेताले क्विक नेपाललाई बताए ।
बैठकमा प्रधानममन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।