रुपन्देही । नेपाली कांग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी रीता केसीलाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेसंग पराजित भएकी रीता केसी देउवाको समूहकी हुन् ।
उनले ४ सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी रिता केसीले भने १ सय १४ मतमा चित्त बुझाउनुपरेको थियो । यता रुपन्देहीको तिलोत्तमामा हरिलाल पाण्डे विजयी भएका छन । उनी देउवाका निकट मानिन्छन् ।
उनले पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई हराउँदै नगर सभापतिमा निर्वाचित भएका हुन् । पाण्डेले १ सय ७४ ल्याउदा पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत ल्याएका प्राप्त गरेका थिए । त्यस्तै हरि तिवारीले ३० मत प्राप्त गरेका छन्।
उता सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मतसहित निर्वावाचित भएका छन् ।खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराएका हुन् । खनालले १ सय २ मत प्राप्त गरेका थिए ।
रुपन्देहीको देवदह नगरमा नगर सभापति गुनाखर भुर्तेल विजयी भएका छन् । उनले १सय ३ मत ल्याउदा झविन्द्र प्रसाद पाण्डे १ सय मत ल्याएका थिए ।