काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक ६१२७ अंकले घटेको छ । २.१७ प्रतिशतले घटेर नेप्से परिसूचक २७५८. ४८ बिन्दुमा पुगेको हो ।
म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक डाउन भएका छन्। फाइनान्स समूहको परिसूचक ५. ८९ प्रतिशतले डाउन भएको हो ।यता जलविद्युत् समूहको परिसूचक ४. ३ प्रतिशतले घटेको छ ।
व्यापार र इन्भेष्टमेन्ट समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।७३ हजार ६ सय ९३ पटकको किनबेचमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।