काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या घटाइने भएको छ । एमाले केन्द्रिय कमिटीको बैठकले विधान महाधिवेशन प्रतिनिधिको संख्या बढेको भन्दै घटाउन लागेको हो ।
यस अघि झण्डै ३ हजार प्रतिनिधि रहने व्यवस्था गरेपनि केन्द्रिय कमिटीको बैठकले सो संख्या बटाएर कम गर्न लागेको हो ।
विधान महाधिवेशनमा प्रतिनिधि र स्वंयमसेवक गरि झण्डै पाँच हजार हाराहारीमा सहभागी हुँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै प्रतिनिधिको संख्या घटाउन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेलले बताए ।
प्रतिनिधिको संख्या बटाउन जिल्ला कमिटी, जनवर्गिय संगठन र विभागहरुबाट प्रतिनिधि संख्या कम गर्ने विषयमा छलफल भइरहेको नेता शेर बहादुर तामाङले बताए ।
जिल्ला कमिटीका पदाधिकारी सहित सबै भनिएकोमा बढिमा सात जना प्रतिनिधि मात्रै जिल्लाबाट आउन पाउने व्यवस्था वारे छलफल चलिरहेको छ ।
यस्तै जनवर्गिय संगठन र विभागहरुबाट १० जना ब्यवस्था गरिएकोमा त्यसलाई ५ जना मात्रै बनाउने प्रस्ताव पनि अघि बढेको छ ।