काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । तीन दिनदेखि लगातार जारी रहेको बैठक आइतबार सकिएको हो । आज प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ प्रतिवेदन प्रस्तुतकर्ताले दिएसँगै बैठक सकिएको हो । बैठकले तीन वटा राजनीतिक, संगठानिक र विधान संशोधन प्रतिवेदन पास गरेको छ ।
स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पास भएको हो ।
देशभरबाट पाँच हजार बढि प्रतिनिधि सहभागी हुने भएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकाय, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च, केन्द्रीय विभागबाट सचिवसहित ५ जना,
जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलित, जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्य, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित पाँच हजार बढि विधान महाधिवेशनमा सहभागी हुनेछन् ।
भुसालको तीन बुँदे फरक मत
सालले जवजको स्पष्ट ब्याख्या, समाजवादबारे खाका र पार्टीको निदिष्ट कार्याक्रम गरि वारे तीनवटा फरक मत राखेका छन् ।