धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा ।  धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.