भारतविरुद्ध नवयुगले अग्रपंक्ति समाल्ने
भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलको प्लेइङ सेट सार्जवनिक भएको छ ।

काठमाडौं  । भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलको प्लेइङ सेट सार्जवनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो मैत्रीपूर्ण खेलको सुरुवाती एघार सार्वजनिक गरेको हो ।

टोलीको कप्तान किरण कुमार लिम्बू रहँदा डिफेन्समा सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ रहने छन् । यस्तै मिडलाइनमा तेज तामाङ, पुजन उपरकोटी रहँदा सुमन लामा रहने छन् । 

यस्तै अट्याकमा भने अन्जन बिस्ट, आयुष घलान र नवयुग श्रेष्ठ रहने छन् । खेल अहिले ५:३० मा सुरु हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.